काठमाडौं– कोरोना महामारी समुदायस्तरमा फैलिन थालेपछि सुनसरीको धरानमा आज राति १२ बजेदेखि लकडाउन घोषणा गरिएको छ।
धरान नगर कार्यपालिकाको बुधबार बसेको बैठकले उपमहानगरपालिका क्षेत्रका स्वास्थ्य सेवा र औषधि पसलबाहेक अन्य क्षेत्रहरू पूर्ण रूपमा बन्द गर्ने निर्णय भएको वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले बताए।
उनका अनुसार लकडाउन साउन २८ गते रातिसम्मका लागि गरिएको हो।