बिहीबार, भदौ ११, २०८३

कोरोनाको जोखिम बढेपछि १४ जिल्लामा निषेधाज्ञा

कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि १४ जिल्लाका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरिएको छ।
 |  बुधबार, साउन २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन २१, २०७७

काठमाठौं– कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि १४ जिल्लाका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरिएको छ।

गृह मन्त्रालयका अनुसार बुधबारसम्म १४ जिल्लाका स्थानीय प्रशासनले आंशिक तथा पूर्णरुपमा निषेधाज्ञा जारी गरेका हुन्।

साउन ७ मा लकडाउन खुलेसँगै संक्रमणको जोखिम बढिरहेको छ।

साउन ६ सम्म मुलुकभर १८ हजार ९४ जनामा कोरोना संक्रमण देखिएको थियो। त्यसपछि १३ दिनमा, २० साउनसम्म २ हजार ९१५ जनामा कोरोना पुष्टि भएको छ।

संक्रमित बढेसँगै सप्तरी, बाँके, पर्सा, बारा, स्याङजा र सर्लाही जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ।

सर्लाहीमा आजदेखि अनिश्चित समयसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ। बाँकेमा १७ गतेदेखि २४ गतेसम्मका लागि निषेधाज्ञा गरिएको छ।

पर्सामा १९ गतेबाट जिल्लाभर अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको गृह मन्त्रालयले जनाएको छ।

स्याङ्जा जिल्लाभर साउन १३ गतेदेखि २३ गतेसम्म निषेधाज्ञा छ। सप्तरीमा २० गतेदेखि २६ गतेसम्मका लागि निषेधाज्ञा छ।

त्यस्तै, बारमा साउन १८ गतेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी छ।

गृहका अनुसार बझाङको थलारा गाउँपालिकामा साउन १९ देखि ३२ गतेसम्म, बझाङको केदारसिउँ गाउँपालिकामा साउन १७ देखि ३२ गतेसम्म र महोत्तरीमा साउन १६ गतेदेखि आज (२१ साउन) सम्म निषेधाज्ञा जारी गरिएको छ।

त्यस्तै, दार्चुलाको मार्मा गाउँपालिकामा १७ गतेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी छ भने १८ गतेदेखि सुरु भएको झापाको विर्तामोडमा पनि अनिश्चितकालीन निषेधाज्ञा जारी छ।

साउन १९ गतेबाट अर्को आदेश नभएसम्मकका लागि सुनसरीको बराह क्षेत्र, इटहरीमा निषेधाज्ञा गरिएको छ।

मोरङको विराटनगर महानगरपालिकामा साउन १६ देखि ३० गतेसम्मका लागि निषेधाज्ञा गरिएको छ।

धनुषाको छिरेश्वरनाथ र जनकपुरमा १९ गतेदेखि जारी निषेधाज्ञा २५ गतेसम्मका लागि कायम गरिएको छ।

नुवाकोटको विदुर नगरपालिकाको वडा नं ९ र ककनी गाउँपालिकाको वडा नं ५ अनिश्चितकालीन निषेधाज्ञा जारी छ।

प्रकाशित: Aug 05, 2020| 14:24 बुधबार, साउन २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।