मदन पुरस्कार गुठीले २०७६ सालको मदन पुरस्कारका लागि ७ वटा पुस्तक छनोट गरेको छ।
वर्षभरी प्रकाशित पुस्तकमध्ये १५१ वटाको आवेदन आएको र तीमध्येबाट ७ वटा छनोट गरिएको गुठीले जनाएको छ।
छानिएका पुस्तकमा विमल निभाको जोकरको बन्दुक, तीर्थ श्रेष्ठको धर्सैधर्साको चक्रव्यूह, भुवन ढुङ्गानाको परित्यक्ता, योगी धर्ममहारसको महारसनिघण्टु (१–३), चन्द्रप्रकाश बानियाँको महारानी, ललित बिष्टको मोहपथ र शारदा शर्माको यात्रामा छन्।
यीमध्येबाट एउटा पुस्तकलाई मदन पुरस्कार प्रदान गरिने गुठीले जनाएको छ।