बिहीबार, भदौ ११, २०८३

वीरगन्ज कारागारका जेलरमा पनि कोरोना संक्रमण

साउन १४ गते गरिएको २२ जनाको पीसीआर परीक्षणमा ८ जना कैदीबन्दी, २ जना कारागारमा परिसरमा काम गर्ने कर्मचारी र परिसरमा खटिएका तीन जना प्रहरीमा संक्रमण देखिएको थियो ।
 |  बुधबार, साउन २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन २१, २०७७

वीरगन्जमा कारागारका जेलर पनि कोरोना भाइरसबाट संक्रमित भएका छन्।

वीरगन्ज कारागारका प्रमुख श्रवण पोखरेलले आफ्नो फेसबुक पेजमार्फत् आफू संक्रमित भएको जानकारी गराएका छन् । दोस्रो पटकको परीक्षणमा आफू संक्रमित भएको उनले जानकारी गराएका छन् ।

आफ्नो जिम्मेवारी निर्वाह गर्ने क्रममा आफूलाई कोरोनाबाट जोगाउन नसकेको बताउँदै उनले आफूलाई संक्रमणको केही लक्षण नदेखिएको बताएका छन्।

साउन १४ गते गरिएको २२ जनाको पीसीआर परीक्षणमा ८ जना कैदीबन्दी, २ जना कारागारमा परिसरमा काम गर्ने कर्मचारी र परिसरमा खटिएका तीन जना प्रहरीमा संक्रमण देखिएको थियो ।

जेलर पोखरेलका अनुसार कारागारका १३ जना संक्रमितको सम्पर्कमा आएका कारागारभित्रका ५५ पुरुष र ९ महिला कैदीबन्दी, ३१ जना नेपाली सेना, ७ जना जनपद प्रहरी, १५ जना कारागार कर्मचारी र १ जना बालकको स्वाब संकलन गरिएको थियो ।

त्यसै क्रममा जेलरको रिपोर्ट पोजेटिभ आएको हो। बाँकीको भोलि बिहानसम्ममा आउने उनले जानकारी गराएका छन्।

प्रकाशित: Aug 05, 2020| 13:55 बुधबार, साउन २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।