बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपालमा लकडाउन खुलेको १५ दिनमा २० जनाको मृत्यु, ४ सय प्रतिशतले बढ्यो मृत्युदर

नेपालमा लकडाउन खुलेको १५ दिनमा २० जनाको मृत्यु, ४ सय प्रतिशतले बढ्यो मृत्युदर

लकडाउन खुलेपछिको १५ दिनमा लक्षणसहितका संक्रमित थपिनुका साथै २० जनाको मृत्यु भएको छ। यो मृत्युदर अघिल्लो १५ दिनको भन्दा ४ सय प्रतिशतले बढी हो।
 |  बुधबार, साउन २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन २१, २०७७

काठमाडौं- सरकारले चैत ११ गतेबाट लगाएको लकडाउन १ सय २० दिनपछि साउन ७ गतेबाट खोल्यो। लकडाउन खोल्दा नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ९४ थियो। संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४० पुगेको थियो।

संक्रमणदर बढे पनि मृत्युदर खासै बढेको थिएन। अधिकांश संक्रमित लक्षणविहीन थिए। ९० प्रतिशतमा कुनै पनि समस्या नदेखिएको स्वास्थ्य मन्त्रालयले बताउँदै आएको थियो। तर, लकडाउन खुलेपछिको १५ दिनमा लक्षणसहितका संक्रमित थपिनुका साथै २० जनाको मृत्यु भएको छ।

यो मृत्युदर अघिल्लो १५ दिनको भन्दा ४ सय प्रतिशतले बढी हो। असार २३ देखि साउन ६ सम्म ५ जनाको मृत्यु भएको थियो। साउन ७ देखि २१ गतेसम्मको अवधिमा २० जनाको ज्यान गएको छ।

लकडाउन खुलेपछिको पछिल्लो १५ दिनमा चार दिनबाहेक हरेक दिन कोरोना संक्रमितको मृत्यु भएको छ। कोरोनाबाट एकै दिनमा चार जनासम्मले ज्यान गुमाएका छन्।

पछिल्लो १५ दिनमा कहिले कतिजनाको मृत्यु ?

साउन ७ गते – २

साउन ८ गते – १

साउन ९ गते – १

साउन १० गते – १

साउन ११ गते – ०

साउन १२ गते – ३

साउन १३ गते – १

साउन १४ गते – ०

साउन १५ गते – ३

साउन १६ गते – ४

साउन १७ गते – ०

साउन १८ गते – १

साउन १९ गते – ०

साउन २० गते – २

साउन २१ गते – १

साउन ६ गतेअघि ६७ दिनमा ४० जनाको मृत्यु भएको थियो। लकडाउन खुलेपछिको १५ दिनमा मात्रै २० जनाको मृत्यु भएको छ।

नेपालमा कोरोनाबाट पहिलो मृत्यु जेठ ३ गते शनिबार काभ्रेको धुलिखेल अस्पतालमा सुत्केरी महिलाको भएको थियो। अहिलेसम्म कोरोनाबाट ६० जनाको मृत्यु भएको छ।

लकडाउन खुलेसँगै कोरोनाबाट मृत्यु हुने संख्या ह्वात्तै बढेपछि जनस्वास्थ्यविद्हरु चिन्तित बनेका छन्।

नेपालमा कोरोनाले डरलाग्दो रुप लिन सक्ने खतरा बढेको जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डे बताउँछन्। उनका अनुसार लक्षणसहितका संक्रमित थपिनु र मृत्युदर ह्वात्तै बढ्नुले अवस्था चिन्ताजनक बनेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो पटक देखिएको एक तिहाइ संक्रमितमा कोरोनाको लक्षण देखिएको छ। जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीले लक्षणसहितको संक्रमण देखिनु र मृत्युदर बढ्नुले नेपालमा कोरोनाको जोखिम थप बढेको बताए।

उनका अनुसार कोरोना संक्रमण समुदाय स्तरमा फैलिन थालेकाले जुनसुकै बेला जोसुकैको मृत्यु हुने जोखिम बढेको छ। ‘अब पनि समुदायमा परीक्षण नगर्ने हो भने यसले भयावह रुप लिन सक्छ’, उनले भने।

नेपालमा २१ हजारभन्दा बढी कोरोना पुष्टि भएको छ।

प्रकाशित: Aug 05, 2020| 12:38 बुधबार, साउन २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।