बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना जोखिम बढेपछि सिंहदरबार प्रवेशमा कडाइ, पत्रकारलाई पनि जान दिइएन

कोरोना जोखिम बढेपछि सिंहदरबार प्रवेशमा कडाइ, पत्रकारलाई पनि जान दिइएन

आजदेखि प्रहरीले सिंहदरबार प्रवेश गर्ने मुख्य गेटबाट सिंहदरबार परिसरमा कार्यरत कर्मचारी बाहेक अन्य मानिसलाई प्रवेशमा कडाइ गरेको हो।
 |  बुधबार, साउन २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन २१, २०७७

काठमाडौं– देशकै सबैभन्दा ठूलो प्रशासनिक निकाय सिंहदरबार प्रवेशमा प्रहरीले कडाइ गरेको छ। कोभिड–१९ संक्रमणको जोखिम बढ्न थालेपछि बुधबारदेखि प्रवेशमा कडाइ गरिएको हो।

महानगरीय सुरक्षा प्रहरी गण सिंहदरबारका प्रमुख डीएसपी सुवास बोहराले अत्यावश्यक कामबाहेकका मानिसलाई प्रवेशमा कडाइ गरिएको जानकारी दिए।

‘कोरोना संक्रमण बढिरहेको छ। अत्यावश्यक कामबाहेक पनि सिंहदरबार प्रवेश गर्ने भीडभाड गर्ने क्रम रोक्न कडाइ गरिएको हो,’ उनले भने, ‘मन्त्रालय वा अन्य कुनै काममा लागि सम्बन्धित निकायको अनुमति नभई प्रवेश गर्न दिइने छैन।’

गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले प्रवेशमा कडाइ गर्न निर्देशन नभएको तर संक्रमणको जोखिमलाई ध्यानमा राखेर प्रहरीले कडाइ गरेको हुन सक्ने बताए।

आजदेखि प्रहरीले सिंहदरबार प्रवेश गर्ने मुख्य गेटबाट सिंहदरबार परिसरमा कार्यरत कर्मचारी बाहेक अन्य मानिसलाई प्रवेशमा कडाइ गरेको हो।

सूचना विभागको पास भएका पत्रकारले पनि प्रवेश पाइरहेका छैनन्।

सिंहदरबार प्रवेशका लागि पुगेका सर्वसाधारण र पत्रकारले प्रवेश गर्न नपाएपछि फर्किएका थिए।

मंगलबारसम्म सरकारले सिंहदरबार प्रवेशमा रोक गर्ने कुनै निर्णय गरेको थिएन।

सरकारी सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई भने प्रवेशमा कुनै रोक लगाइएको छैन।

‘सिंहदरबारमा मन्त्री, सांसद, कर्मचारीहरु भेट्नकै लागि सयौं मानिस आउँछन्,’ सिंहदरबार सुरक्षा गणका डीएसपी बोहराले भने, ‘संक्रमणको जोखिमका बेला सबैले सुरक्षित हुनुपर्छ। अत्यावश्यक काम नभई भेट्नकै लागि आउँदा त्यसको जोखिम सबैलाई हुन सक्छ।’

प्रहरी प्रधान कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहितका निकायमा पनि सुरक्षाकर्मीलगायत कर्मचारीमा पनि संक्रमण देखिन थालेपछि सिंहदरबारमा भीडभाड हुन नदिन कडाइ गरिएको हो।

प्रकाशित: Aug 05, 2020| 12:23 बुधबार, साउन २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।