बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पार्टी समायोजनलगायतका विषयमा छलफल गर्न जसपाको केन्द्रीय समिति बैठक बस्दै

पार्टी समायोजनलगायतका विषयमा छलफल गर्न जसपाको केन्द्रीय समिति बैठक बस्दै

पार्टी समायोजन लगायतका विषयमा छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठक बस्दै छ।
 |  बुधबार, साउन २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन २१, २०७७

काठमाडौं– पार्टी समायोजन लगायतका विषयमा छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठक बस्दै छ।

ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानको सभाहलमा केहीबेरपछि बैठक बस्न लागेको जसपाका नेता महेन्द्रराय यादवले जानकारी दिए।

‘पार्टी समायोजनको विषय, संगठन निर्माणलाई कसरी तलसम्म लैजानेलगायतका विषय आजको बैठकका मुख्य अजेन्डा हुन्,’ उनले नेपाल समयसँग भने, ‘सरकारको कामको समीक्षबारे पनि बैठकमा छलफल हुन्छ।’

जसपाले कोरोना भाइरस संक्रमण, बाढीपहिरोलगायत प्रकोपका विषयमा पनि छलफल हुने उनले जानकारी दिए।

जसपाले समसामयिक राजनीतिक विषयमा पनि बैठकमा छलफल गर्ने कार्यक्रम छ।

राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी नेपालबीच १० वैशाखमा एकता भएको थियो। तर, अहिलेसम्म पनि पार्टी समायोजन हुन सकेको छैन।

जसपा अध्यक्षद्वयमा महन्थ ठाकुर र उपेन्द्र यादव छन्। त्यस्तै डा.बाबुराम भट्टराई, अशोक राई र राजेन्द्र महतो वरिष्ठ नेताका हैसियतमा छन्। जसपाले अन्य पदाधिकारीको टुंगो भने लगाउन सकेको छैन।

प्रकाशित: Aug 05, 2020| 11:23 बुधबार, साउन २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।