काठमाडौं– गण्डकी प्रदेशमा बुधबार बिहान थप ९ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लोपटक संक्रमित हुने नवैजना कास्कीका छन्।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोन नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोदविन्दु शर्माले बताए।
योसहित प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ५५२ पुगेको छ। प्रदेशमा अहिलेसम्म १३५२ जना कोरोना भाइरसमुक्त भएका छन्।