काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट विश्वभर मृत्यु हुनेको संख्या करिब ७ लाख पुगेको छ ।
वर्डओमिटरका अनुसार कोरोनाबाट बुधबार बिहानसम्ममा ७ लाख ४ हजार २ सय ३१ जनाको मृत्यु भएको छ ।
जोन हपकिन्स विश्वविद्यालयका अनुसार भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ लाख ९८ हजार २ सय ३२ रहेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले ६ लाख ९१ हजार १३ जनाको मृत्यु भएको उल्लेख गरेको छ।
मृतकको संख्या सबैभन्दा बढी अमेरिकामा छ । जहाँ १ लाख ५६ हजार ७ सय ७१ जनाको मृत्यु भएको । दोस्रो बढी प्रभावित देश ब्राजिलमा ९५ हजार ८ सय १९ जनाको मृत्यु भएको जोन हपकिन्स विश्वविद्यालयले उल्लेख गरेको छ ।
यस्तै मेक्सिकोमा ४८ हजार ८ सय ६९, बेलायतमा ४६ हजार ९ सय ९५, भारतमा ३८ हजार ९ सय ३८, इटालीमा ३५ हजार १ सय ७१, फ्रान्समा ३० हजार २ सय ९७, स्पेनमा २८ हजार ४ सय २८ जनाको मृत्यु भएको छ ।
त्यस्तै पेरुमा १९ हजार ८ सय ११, इरानमा १७ हजार ६ सय १७, रुसमा १४ हजार ३ सय २७, कोलम्बियामा ११ हजार १७, चिलीमा ९ हजार ७ सय ४५ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।
नेपालमा भने कोरोनाबाट अहिलेसम्म ५९ जनाको मृत्यु भएको छ । २१ हजारभन्दा धेरै संक्रमित भएका छन् ।
अहिलेसम्म विश्वभर कोरोनाबाट १ करोड ८४ लाख ६९ हजारभन्दा धेरै संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै २ लाख ५४ हजारमा संक्रमण पुष्टि भएको छ ।