बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विराटनगर : बैंकमा भौतिक कारोबार बन्द गर्न महानगरको आग्रह

विराटनगर : बैंकमा भौतिक कारोबार बन्द गर्न महानगरको आग्रह

विराटनगर महानगरपालिकाले बैंक तथा वित्तीय संस्थाहरुलाई भौतिक रुपमा नगद कारोबार बन्द गर्न आग्रह गरेको छ।
 |  बुधबार, साउन २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन २१, २०७७

विराटनगर– विराटनगर महानगरपालिकाले बैंक तथा वित्तीय संस्थाहरुलाई भौतिक रुपमा नगद कारोबार बन्द गर्न आग्रह गरेको छ।

विराटनगरमा कोरोना भाइरस समुदायस्तरमा फैलिएकाले भौतिक रुपमा नगद कारोबार नगर्न महानगरपालिकाले विराटनगरका बैंक तथा वित्तीय संस्थाहरुलाई पत्राचार गरेको हो।

महानगर क्षेत्रमा लकडाउन गरे पनि बैक तथा वित्तीय संस्थामा भीडभाड भइरहेकाले संक्रमणको सम्भावना रहेको भन्दै महानगरपालिकाले लकडाउन अवधिभर विद्युतीय माध्यमबाट नगद कारोबार गर्न आग्रह गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गाप्रसाद खतिवडाले बताए।

महानगरपालिकाले सेवाग्राहीलाई पनि उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रकाशित: Aug 05, 2020| 08:12 बुधबार, साउन २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।