बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पर्सामा कोरोनाबाट १८ वर्षीया युवतीको मृत्यु, मृतकको संख्या ५९ पुग्यो

पर्सामा कोरोनाबाट १८ वर्षीया युवतीको मृत्यु, मृतकको संख्या ५९ पुग्यो

पर्सामा कोरोना भाइरसबाट थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ ।
 |  बुधबार, साउन २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन २१, २०७७

वीरगन्ज- पर्सामा कोरोना भाइरसबाट थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ ।

सोमबार ज्यान गुमाएकी पर्साको पोखरिया नगरपालिका–९ मा बस्दै आएकी १८ वर्षीया युवतीमा मंगलबार राति कोरोना संक्रमण पुष्टि भएको हो ।

पखाला लागेपछि स्थानीय अस्पतालमा उपचार गर्न गएकी उनको अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि सोमबार नेशनल मेडिकल कलेज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

पोखरिया–८ जगतपुर घर भएकी ती युवतीको मृत्युपछि स्वाव संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो । मंगलबार राति उनको रिपोर्ट पोजिटिभ आएको हो ।

योसँगै पर्सामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ भने देशैभर कोरोनाबाट ५९ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट नेपालमा अहिलेसम्म २१ हजारभन्दा धेरै संक्रमित भएका छन् ।

प्रकाशित: Aug 05, 2020| 07:28 बुधबार, साउन २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।