बुधबार, भदौ १०, २०८३

जोगवनी नाकाबाट ३६ सय आए, ५८ सय गए

विराटनगर– जोगवनी नाकाबाट नेपाल प्रवेश गर्ने भन्दा भारत जानेको संख्या बढ्दो छ ।
 |  बुधबार, साउन २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन २१, २०७७

विराटनगर– जोगवनी नाकाबाट नेपाल प्रवेश गर्ने भन्दा भारत जानेको संख्या बढ्दो छ ।

लकडाउनका व्यापार व्यवसाय बन्द भएपछि नेपालले भारतमा र भारतले नेपालमा अलपत्र परेका आफ्ना नागरिकलाई जेठ दोस्रो साताबाट नागरिकता र रासनकार्डका आधारमा आफ्नो मुलुक फर्काउन थालेका थिए ।

लकडाउनका कारण त्यसअघि दुवै देशका नागरिकले आ–आफ्नो मुलुक फर्कन पाएका थिएनन् । भारतमा अलपत्र परेकाहरूलाई जेठ १३ गतेबाट जोगवनी नाका हुँदै फर्काउन थालिएको थियो । जेठ १४ बाट नेपालमा रहेका भारतीयहरु आफ्नो मुलुक फर्कन थालेका थिए ।

साउन २० गते सम्म जोगवनी नाका हुँदै नेपाल प्रवेश गर्नेको संख्या ३ हजार ६ सय ९ छ । नेपाल प्रवेश गरेका मध्ये २ हजार ८ सय ३८ पुरुष र ७ सय ७४ महिला रहेको मोरंग प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले बताए । प्रहरीको तथ्यांक अनुसार पछिल्लो समय भारतबाट आउने नेपालीको संख्या कम छ ।

जोगवनीको आईसीपी क्याम्प हुँदै विराटनगरबाट ५ हजार ८ सय ३० भारतीय नागरिक गएका छन् । भारत जानेमा ४ हजार ४ सय ३४ पुरुष र १ हजार ४ सय १ महिला छन् । भारत जानेहरुको संख्या पनि घट्दै गएको मोरंग प्रहरीले बताएको छ ।

लुकिछिपी नेपाल आउने र भारत जानेको संख्या भने यकिन छैन । जोगवनी नाकाबाट नेपाल प्रवेश गर्नेहरु प्रदेश १ का झापा, मोरंग र सुनसरीका बढी छन् ।

प्रकाशित: Aug 05, 2020| 07:27 बुधबार, साउन २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।