बुधबार, भदौ १०, २०८३

ओली–दाहाल छलफल बालुवाटारमा सुरु

पार्टीभित्र देखिएको विवाद समाधान गर्न नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालसहितका नेताहरुबीच बालुवाटारमा छलफल सुरू भएको छ।
 |  मंगलबार, साउन २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २०, २०७७

काठमाडौं– पार्टीभित्र देखिएको विवाद समाधान गर्न नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालसहितका नेताहरुबीच बालुवाटारमा छलफल सुरू भएको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दुई अध्यक्षसहितका नेताहरुबीच छलफल सुरू भएको जानकारी दिए। छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी छन्।

आइतबारदेखि नेताहरुबीच पार्टीको विवाद समाधान गर्न निरन्तर छलफल भइरहेको छ। प्रधानमन्त्री एवम् पार्टी अध्यक्षसँग भेट्नुअघि आज अध्यक्ष पुष्पकमल दाहालले नेकपाका उपाध्यक्ष वामदेव गौतमसँग उनकै निवास भैंसेपाटीमा भेट गरेका थिए।

असार १० गतेदेखि सुरु भएको सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठकमा ओलीको राजीनामा माग भएपछि पार्टीभित्रको विवाद चुलिएको छ। त्यसयता पटक–पटक नेताहरुले एक्लाएक्लै र सामूहिक रुपमा छलफल गरे पनि सहमति हुन सकेको छैन।

पछिल्लो समय उपाध्यक्ष वामदेव गौतमले अघि सारेको ६ बुँदे प्रस्तावमाथी पनि छलफल चलिरहेको छ। नेकपाभित्र दाहाल–नेपाल र वरिष्ठ नेता झलनाथ खनालसहितको समूहले ओलीले कुनै एक पदबाट राजीनामा दिनुपर्ने माग गर्दै आइरहेको छ।

तर, ओलीले भने कुनै हालतमा आफूले एउटा पद पनि नछाड्ने अडान कायमै राखेका छन्।

 

प्रकाशित: Aug 04, 2020| 17:20 मंगलबार, साउन २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।