काठमाडौं– चार वटा जिल्लामा कोरोना संक्रमितको संख्या शून्यमा झरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भोजपुर, संखुवासभा, मनाङ र मुस्ताङ संक्रमणमुक्त भएका हुन्।
संखुवासभामा ६, भोजपुरमा ६, मनाङ र मुस्ताङमा १/१ जना संक्रमित थिए। उनीहरु सबै संक्रमणमुक्त भइसकेका छन्।
लकडाउन खुलेसँगै कोरोना संक्रमितको संख्या पनि बढिरहेको छ। मन्त्रालयले कोरोनाको जोखिम कम गर्न भीडभाडमा नजान, अनावश्यक रुपमा हिँडडुल नगर्न र चाडबाड घरमै मनाउन आग्रह गरेको छ।