काठमाडौं– सरकारले विभिन्न जिल्लाबाट काठमाडौं उपत्यका प्रवेश गर्ने १० हजार ८५३ जनाको कारोना परीक्षण गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यका प्रवेश गर्ने मूख्य नाका नागढुङ्गा, फर्पिङ र साँगाबाट स्वाब लिइएको थियो।
त्यसमध्ये ४० जनामा कोरोना पुष्टि भएको छ। लकडाउन खुलेसँगै काठमाडौ प्रवेश गर्नेको संख्या बढेको छ।
संक्रमण नियन्त्रणका लागि सरकारले उपत्यका प्रवेश गर्नेहरूको कोरोना परीक्षण गरिरहेको छ।