बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश १ मा ४३ जना कोरोना संक्रमित थपिए, तीन जिल्लाका सबै स्थानीय तहमा संक्रमण

प्रदेश १ मा ४३ जना कोरोना संक्रमित थपिए, तीन जिल्लाका सबै स्थानीय तहमा संक्रमण

प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार १ सय ७१ जना पुगेको छ । मंगलबार १ जना डिस्चार्ज भएका छन् । जिल्ला अस्पताल खोटाङमा उपचाररत १ जना डिस्चार्ज भएका हुन । डिस्चार्ज हुनेको संख्या ८ सय ३० पुगेको छ ।
 |  मंगलबार, साउन २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २०, २०७७

विराटनगर– प्रदेश १ मा मंगलबार ४३ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २०, सुनसरीमा १२, झापामा ८, इलाममा २ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मंगलबार मोरंगका ५ वटा स्थानीय तहमा संक्रमण देखिएको छ । मोरंगको विराटनगरमा ४ महिला ७ पुरुष, बुढीगंगामा ३ पुरुष १ महिला, लेटाङ र केराबारीमा २–२ पुरुष, उर्लाबारीमा १ पुरुष हेका छन् ।

सुनसरीको दुहवीमा ४ पुरुष, इटहरी ३ पुरुष १ महिला, धरानमा ३, इनरुवामा १ पुरुष र झापाको कचनकवलमा ३, दमक र गौरीगञ्जमा २–२, भद्रपुरमा १ पुरुष, इलामको सुर्योदयमा २ पुरुष र धनुषाका एक पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार १ सय ७१ जना पुगेको छ । मंगलबार १ जना डिस्चार्ज भएका छन् । जिल्ला अस्पताल खोटाङमा उपचाररत १ जना डिस्चार्ज भएका हुन । डिस्चार्ज हुनेको संख्या ८ सय ३० पुगेको छ ।

प्रदेश १ मा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ । २ जना मोरंगको सुनबर्षी र विराटनगरका र अन्य २ जना प्रदेश १ बाहिरका जिल्लाका रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा मंगलबार ९ सय ९७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ६ महिला र ३७ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

झापा, मोरङ र सुनसरीका सवै स्थानीय तहमा संक्रमण

प्रदेश १ का झापा, मोरंग र सुनसरी सवै स्थानीय तहमा संक्रमण देखिएको छ । झापाका १५, मोरंगका १७ र सुनसरीका १२ वटै स्थानीय तहमा कोरोना संक्रमण देखिएको छ ।

मंगलबार सुनसरीको दुहवीमा पनि संक्रमित देखिएपछि तीन जिल्लाका सवै स्थानीय तहमा कोरोना संक्रमण देखिएको हो । तीन वटा जिल्लामा मात्र कोरोना संक्रमितको संख्या ९ सय २७ छ । संक्रमित मध्ये ६ सय ४३ जना डिस्चार्ज भएका छन् ।

कोशीमा मृत्यु भएका व्यक्तिको रिपोर्ट नेगेटिभ

कोशी अस्पताल विराटनगरमा मृत्यु भएका उदयपुरको बेलका १ का ५५ वर्षीय एक पुरुषको रिपोर्ट नेगेटिभ आएको छ । गएराती मृत्यु भएका उनको स्वाव परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको कोशी अस्पालले जनाएको छ ।

रंगेलीमा सिल

सोमबार एकैदिन २२ जनामा कोरोना संक्रमण देखिएपछि रंगेली नगरपालिका क्षेत्र सिल गरिएको छ । अर्को सूचना जारी नहुँदा सम्मका लागि शिल गरिएको नगर प्रमुख दिलिप बगडियाले बताए ।

रंगेलीमा एकै परिवारका १४ सहित रंगेली अस्पताल र विद्युत प्राधिकरण रंगेली वितरण केन्द्रका कर्मचारी संक्रमित भएका थिए । समुदाय स्तरमा संक्रमण देखिएपछि नगर शिल गरिएको प्रमुख बगडियाले बताए ।

 

 

 

प्रकाशित: Aug 04, 2020| 15:53 मंगलबार, साउन २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।