बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुदूरपश्चिम : धनगढी प्रयोगशालामा भएको परीक्षणमा ३३ जनाको कोरोना रिपोर्ट पोजेटिभ

सुदूरपश्चिम : धनगढी प्रयोगशालामा भएको परीक्षणमा ३३ जनाको कोरोना रिपोर्ट पोजेटिभ

धनगढी– सुदूरपश्चिम प्रदेशमा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
 |  मंगलबार, साउन २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २०, २०७७

धनगढी– सुदूरपश्चिम प्रदेशमा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा भएको १७० जनाको परीक्षणमा सात महिला र २६ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा भएको परीक्षणमा कैलालीका २१, अछामका ११ र कंचनपुरका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कैलालीको गोदावरी नगरपालिकाका दुई महिला, तीन बालिका र सात पुरुष तथा दुई बालक रहेका छन् । संक्रमण पुष्टि भएका बालिकामध्ये आठ महिने, तीन बर्षे र पाँच बर्षे तथा बालकमध्ये पाँच बर्षे र सात बर्षे छन् ।

यस्तै, कैलारी गाउँपालिका एक महिला र ६ पुरुष रहेका छन् । अछामको बान्निगढीका एक महिला र १० पुरुष छन् ।

यता, कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर १५ का एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको श्रेष्ठले बताए ।

 

प्रकाशित: Aug 04, 2020| 14:31 मंगलबार, साउन २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।