बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अख्तियारमा प्रहरी र निजामती गरी १५ जनामा कोरोना संक्रमण

अख्तियारमा प्रहरी र निजामती गरी १५ जनामा कोरोना संक्रमण

अख्तियारको अप्रेसनका लागि खोटाङ गई फर्किएका एक प्रहरी अधिकारीमा कोरोना संक्रमण भएपछि उनको सम्पर्कमा रहेकाहरुको स्वाब संकलन गरी परीक्षण गरिएको थियो।
 |  मंगलबार, साउन २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २०, २०७७

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमित हुनेमा निजामती कर्मचारी र प्रहरी दुवै छन्। प्रहरीका अनुसार आइतबार १८२ कर्मचारीको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो।

मंगलबार आएको परीक्षण रिपोर्टमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अख्तियारको अप्रेसनका लागि खोटाङ गई फर्किएका एक प्रहरी अधिकारीमा कोरोना संक्रमण भएपछि उनको सम्पर्कमा रहेकाहरुको स्वाब संकलन गरी परीक्षण गरिएको थियो।

सोही कन्ट्याक्ट ट्रेसिङका क्रममा १५ जनामा संक्रमण पुष्टि भएको प्रहरीले जनाएको छ। थप संक्रमितको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको अख्तियारले जनाएको छ।

 

प्रकाशित: Aug 04, 2020| 13:57 मंगलबार, साउन २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।