बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सहज बन्दै पीसीआर परीक्षण, स्वाब संकलन गर्न केन्द्र तोकियो

सहज बन्दै पीसीआर परीक्षण, स्वाब संकलन गर्न केन्द्र तोकियो

मन्त्रालयले यीसहित सम्पूर्ण हब अस्पताल, कोभिड क्लिनिक अस्पतालहरु, कोभिड अस्पताल लेभल १,२ र ३ अस्पतालहरुमा पनि गएर नमुना दिन सकिने बताएको छ ।
 |  मंगलबार, साउन २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २०, २०७७

काठमाडौं– जोखिमयुक्त ठाउँबाट आएका शंकास्पद व्यक्तिहरुको पहिचानका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा १४ वटा अस्पताललाई नमुना संकलन गर्ने केन्द्र तोकेको छ ।

मन्त्रालयले जोखिमयुक्त स्थानबाट आएका व्यक्तिहरु, शंकास्पद बिरामीको सम्पर्कमा आएका व्यक्तिहरुलाई तोकिएको बुथमा गई आफ्नो स्वाब दिन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमित पत्ता लगाउन परीक्षणको दायरा बढाएको हो ।

काठमाडौँ उपत्यकामा जोखिमयुक्त ठाउँबाट आउने मानिसको संख्या बढेकाले र शंकास्पद व्यक्तिले परीक्षण गराउन नपाएको भन्दै मन्त्रालयले यस्तो निर्णय गरेको बताएको छ ।

तोकिएका बुथहरुमा पाटन अस्पताल, भक्तपुर अस्पताल, सिभिल अस्पताल, केएमसी अस्पताल र त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, टेकु अस्पताल, वीरेन्द्र अस्पताल छाउनी, प्रसूति अस्पताल, सशस्त्र (युनिफाइड) अस्पताल बलम्बु छन् ।

यसैगरी स्टार अस्पताल सानेपा, ह्याम्स अस्पताल धुम्बाराही, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज र नेपाल कोरिया मैत्री अस्पताल भक्तपुरलाई पनि नमूना संकलन गर्ने बुथ तोकिएको छ ।

मन्त्रालयले ती बुथहरुमा बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म नमुना दिन सकिने जनाएको छ ।

मन्त्रालयले यीसहित सम्पूर्ण हब अस्पताल, कोभिड क्लिनिक अस्पतालहरु, कोभिड अस्पताल लेभल १,२ र ३ अस्पतालहरुमा पनि गएर नमुना दिन सकिने बताएको छ ।

यसअघि शंकास्पद व्यक्तिहरुले पनि कोरोना परीक्षणका लागि सहजै परीक्षण गर्न पाउने अवस्था थिएन । मन्त्रालयको निर्णयसँगै शंकास्पद व्यक्तिहरुलाई कोरोना परीक्षणको लागि सहज हुने भएको छ ।

 

 

प्रकाशित: Aug 04, 2020| 13:50 मंगलबार, साउन २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।