बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अख्तियारका प्रहरीले सञ्चारकर्मीलाई गरेको दुर्व्यहारमा पत्रकार महासंघको आपत्ति

अख्तियारका प्रहरीले सञ्चारकर्मीलाई गरेको दुर्व्यहारमा पत्रकार महासंघको आपत्ति

नेपाल पत्रकार महासंघले समाचार संकलनका क्रममा रुपन्देहीमा सञ्चारकर्मीहरुमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रहरी निरीक्षक रोशन पाण्डेले गरेको दुर्व्यहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
 |  मंगलबार, साउन २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २०, २०७७

काठमाडौं– नेपाल पत्रकार महासंघले समाचार संकलनका क्रममा रुपन्देहीमा सञ्चारकर्मीहरुमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रहरी निरीक्षक रोशन पाण्डेले गरेको दुर्व्यहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका उपाध्यक्ष दिनेश पाण्डे र सेतोपाटी संवाददाता एवं लुम्बिनी टेलिभिजनकी समाचार प्रमुख भगवती पाण्डेमाथि दुर्व्यवहार, हातपात तथा क्यामेरा खोसेको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

महासचिव रमेश विष्टले विज्ञप्ति जारी गर्दै पत्रकारलाई पेशाप्रति हतोत्साहित बनाउने प्रहरीको यो हर्कतको भर्त्सना गरेका छन्।

सोमबार पूर्व–पश्चिम राजमार्गको रुपन्देहीको सालझण्डी सडक खण्डमा अख्तियार कार्यालय बुटवलबाट खटिएका सादा पोसाकमा रहेका प्रहरीले सवारी साधनको चेकजाँच गरिरहेको तस्बिर लिन खोज्दा पत्रकार पाण्डेको क्यामेरा खोस्नुका साथै सोही विषयलाई लिएर झगडा गर्दै पत्रकारद्वयमाथि दुर्व्यवहार र हातपातसमेत गरेका थिए।

कोभिड–१९ संक्रमणको जोखिमका बीच नागरिकलाई सुसूचित गराउने धर्म निर्वाहमा जुटेका पत्रकारलाई सहज रुपमा काम गर्ने वातावरण बनाउनुको साटो प्रहरीबाट भएको अराजक हर्कत आपत्तिजनक हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको विज्ञप्तिमा जनाइएको छ।

महासंघले घटनामा संलग्न प्रहरीमाथि कारबाही गरी प्रेस स्वतन्त्रताको सम्मान गर्न र आगामी दिनमा यस्ता कार्य नदोहोर्याउन सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षणसमेत गराएको छ।

 

प्रकाशित: Aug 04, 2020| 13:29 मंगलबार, साउन २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।