बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विज्ञसँगको छलफलमा प्रधानमन्त्रीले भने– महामारी सबैको चुनौती हो, विरोधको अवसर नठानौँ

विज्ञसँगको छलफलमा प्रधानमन्त्रीले भने– महामारी सबैको चुनौती हो, विरोधको अवसर नठानौँ

कोभिड–१९ को संक्रमण बढ्दै जान थालेपछि अब कस्तो रणनीति बनाउने भन्ने विषयमा जनस्वास्थ्य विज्ञहरुसहितको बालुवाटारमा भइरहेको छलफलमा प्रधानमन्त्रीले यस्तो बताएका हुन्।
 |  मंगलबार, साउन २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २०, २०७७

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले संकटलाई विरोध गर्ने अवसरका रूपमा लिने प्रवृत्ति बदल्नुपर्ने बताएका छन्। कोभिड–१९ को संक्रमण बढ्दै जान थालेपछि अब कस्तो रणनीति बनाउने भन्ने विषयमा जनस्वास्थ्य विज्ञहरुसहितको बालुवाटारमा भइरहेको छलफलमा प्रधानमन्त्रीले यस्तो बताएका हुन्।

‘यता पल्टाएर पनि विरोध, उता पल्टाएर पनि विरोध,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उनका सञ्चारविज्ञ रामशरण बजगाईंले लेखका छन्, ‘कहिले लकडाउन किन भनेर, कहिले लकडाउन खोलेको भनेर विरोध । महामारी सबैको चुनौती हो, कसैले पनि यसलाई विरोधको अवसर ठान्नु हुन्न।’ यसलाई विरोधको अवसरका रूपमा लिन नहुने धारणा प्रधानमन्त्रीले छलफलमा राखेका छन्।

प्रतिदिन १८ हजारसम्मको परीक्षण गर्न सक्नेगरी पीसीआर ल्याबको स्थापना गरिएको जानकारी दिँदै प्रधानमन्त्रीले हालसम्म ४ लाखको पीसीआर परीक्षण भएको जानकारी दिए। कोभिड नियन्त्रण सरकारले गर्ने कामले मात्र नपुग्ने भन्दै प्रधानमन्त्रीले जनतामा चेतना जति बढाउन सकिन्छ, कोरोनासँग लड्न त्यति सजिलो हुने धारणा राखेका छन्।

स्वास्थ्य क्षेत्रका विज्ञहरुसँगको परामर्श बैठकमा प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्र गुरागाईंले अहिलेसम्मको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। बैठकमा प्रतिपक्षी दलका नेताहरु पनि सहभागी छन्।

 

 

प्रकाशित: Aug 04, 2020| 13:18 मंगलबार, साउन २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।