बुधबार, भदौ १०, २०८३

ओलीसँगको छलफलअघि दाहाल र गौतमबीच भेटवार्ता

पार्टीभित्र देखिएको विवाद समाधानका लागि प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्नुअघि नेकपाका अध्यक्ष पुष्पकमल दाहालले उपाध्यक्ष वामदेव गौतमसँग भेटवार्ता गरेका छन्।
 |  मंगलबार, साउन २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २०, २०७७

काठमाडौं– पार्टीभित्र देखिएको विवाद समाधानका लागि प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्नुअघि नेकपाका अध्यक्ष पुष्पकमल दाहालले उपाध्यक्ष वामदेव गौतमसँग भेटवार्ता गरेका छन्।

आइतबारदेखि सुरू भएको दुई अध्यक्षबीचको छलफलले आज पनि निरन्तरता पाउँदैछ। बेलुका ५ बजे हुने दुई अध्यक्षबीचको छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ पनि सहभागी हुनेछन्।

गौतमले निवास भैंसेपाटी पुगेर दाहालले भेटवार्ता गरेका हुन्। दाहालले पार्टीभित्र देखिएको विवाद कसरी समाधान गर्ने भन्ने विषयमा गौतमसँग करिब ४० मिनेट छलफल गरेको गौतमको सचिवालयले जनाएको छ। गौतमले पार्टी एकताका लागि भन्दै ६ बुँदे प्रस्ताव अघि सारेपछि त्यसले नयाँ बहस सुरू गरेको छ।

१३ साउनमा गौतमले विवाद समाधानका लागि ६ बुँदे प्रस्ताव सार्वजनिक गरेका थिए। दाहाल–नेपालको समूहमा रहेका भनिएका गौतमको प्रस्तावले उनी फेरि ओलीको समूहमा गएको भन्ने बुझाइ उनीहरुको छ। आजको भेटमा पनि अहिले देखिएको संकट समाधानकै विषयमा छलफल केन्द्रित रहेको बुझिएको छ।

गौतमले ओली एकता महाधिवेशनसम्म अध्यक्ष नै रहने र प्रतिनिधिसभाको बाँकी कार्यकालसम्म प्रधानमन्त्री नै रहने प्रस्ताव गरेका थिए। उनले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई पूर्ण कार्यकारी अधिकारसहितको भूमिका दिइनुपर्ने प्रस्ताव अघि सारेका थिए।

गौतमले उक्त प्रस्ताव अघि सारेकै दिन यसअघि प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली बेलुका भैंसेपाटी पुगेर गौतमसँग भेट गरेका थिए।

 

प्रकाशित: Aug 04, 2020| 12:48 मंगलबार, साउन २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।