बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • धनगढीमा पीसीआर प्रयोगशाला थपियो, दैनिक हजार स्वाब परीक्षण गर्न सकिने

धनगढीमा पीसीआर प्रयोगशाला थपियो, दैनिक हजार स्वाब परीक्षण गर्न सकिने

कैलालीको धनगढीमा कोरोना भाइरस परीक्षणका लागि थप एउटा प्रयोगशाला स्थापना भएको छ । धनगढीस्थित स्वास्थ्य कार्यालय कैलालीमा प्रयोगशाला स्थापना भएको हो ।
 |  मंगलबार, साउन २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २०, २०७७

कैलालीको धनगढीमा कोरोना भाइरस परीक्षणका लागि थप एउटा प्रयोगशाला स्थापना भएको छ । धनगढीस्थित स्वास्थ्य कार्यालय कैलालीमा प्रयोगशाला स्थापना भएको हो ।

सेती प्रादेशिक अस्पतालले उक्त प्रयोगशाला सञ्चालन गर्नेछ। प्रयोगशालामा उपकरण जडानको काम सकिएको बताउँदै सेती प्रादेशिक अस्पतालका प्रयोगशाला इन्चार्ज रमेश शाहीले भने– मेसिनको भ्यालिडेसन भइरहेको छ, पर्सीदेखि सञ्चालनमा आउँछ ।

धनगढीको पशुपक्षी अन्वेषण प्रयोगशालामा परीक्षण गरिएका स्वाबको नयाँ स्थापना गरिएको प्रयोगशालामा पुनः परीक्षण भइरहेको बताउँदै प्रयोगशाला इन्चार्ज शाहीले आवश्यक जनशक्तिको व्यवस्थापन भए नयाँ स्थापना गरिएको प्रयोगशाला मार्फत दैनिक एक हजार स्वाब परीक्षण गर्न सकिने बताए।

चैत १५ गते बसेको सुदूरपश्चिम प्रदेश मन्त्रीपरिषद्को बैठकले धनगढी, डोटी र बैतडीमा कोरोना परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार धनगढीमा थप प्रयोगशाला स्थापना भएको हो ।

डोटी र बैतडीमा समेत प्रयोगशाला स्थापनाको कार्य भइरहेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

अहिले सुदूरपश्चिम प्रदेशमा डडेल्धुरा र धनगढीमा एउटा एउटा प्रयोगशाला मार्फत कोरोना परीक्षण भइरहेको छ ।

डडेल्धुराको प्रयोगशाला जनस्तरबाट रकम संकलन गरेर स्थापना गरिएको हो भने धनगढीको प्रयोगशाला संघीय सरकारले स्थापना गरेको हो ।

प्रकाशित: Aug 04, 2020| 12:45 मंगलबार, साउन २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।