बुधबार, भदौ १०, २०८३

वामदेवलाई फकाउन अध्यक्ष दाहाल भैसेपाटीमा

तानातानमा परेका नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई फकाउन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गौतम निवास भैसेपाटी पुगेका छन् ।
 |  मंगलबार, साउन २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २०, २०७७

काठमाडौं- तानातानमा परेका नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई फकाउन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गौतम निवास भैसेपाटी पुगेका छन् ।

पछिल्लो पटक अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओली निकट देखिएका गौतमलाई भेट्न केहीबेरअघि दाहाल उनको निवास पुगेको स्रोतले जानकारी दिएको छ।

पार्टीभित्र देखिएको विवाद जारी रहेकै बेला दाहालले गौतमसँग छलफल गर्न लागेको बुझिएको छ। दाहालसँगै अन्य को–को नेताहरु छन् भन्ने खुलेको छैन।

१३ साउनमा गौतमले पार्टीभित्र देखिएको विवाद समाधानका लागि दुवै अध्यक्षलाई ६ बुँदे प्रस्ताव पेश गरेका थिए। गौतमले ओली एकता महाधिवेशनसम्म अध्यक्ष नै रहने र प्रतिनिधिसभाको बाँकी कार्यकालसम्म प्रधानमन्त्रीमा नै रहने प्रस्ताव गरेका थिए।

उनले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई पूर्ण कार्यकारी अधिकारसहितको भूमिका दिइनुपर्ने प्रस्ताव अघि सारेका थिए। गौतमको ६ बुँदे प्रस्तावले पनि दाहाल–नेपाल समूहभित्र हलचल ल्याएको छ।

गौतमले उक्त प्रस्ताव अघि सारेकै दिन प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपीशर्मा ओली बेलुका भैसेपाटी पुगेर गौतमसँग भेट गरेका थिए।

प्रकाशित: Aug 04, 2020| 11:49 मंगलबार, साउन २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।