बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एकैपरिवारका १४ सहित मोरङमा थप २२ जनामा कोरोना पुष्टि

एकैपरिवारका १४ सहित मोरङमा थप २२ जनामा कोरोना पुष्टि

मोरङको रंगेली नगरपालिकामा एकै परिवारका १४ सहित थप २२ जनामा कोरोना पुष्टि भएको छ।
 |  मंगलबार, साउन २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २०, २०७७

विराटनगर- मोरङको रंगेली नगरपालिकामा एकै परिवारका १४ सहित थप २२ जनामा कोरोना पुष्टि भएको छ।

कोसी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा रंगेली अस्पतालमा कार्यरत ३ जना कर्मचारी, एउटै परिवारका १४ जना ब्यक्ति र रंगेली नगरपालिकाकै अन्य ५ जना ब्यक्ति रहेको कोशी अस्पतालले जनाएको छ ।

एकै परिवारका संक्रमित भएका १४ मध्ये एक महिला पन्ध्र दिनअघि भारतको नयाँ दिल्लीबाट आएकी थिइन्।

उनैबाट संक्रमण फैलिएको हुनसक्ने अस्पातालले जनाएको छ । दिल्लीबाट आएकी उनले विराटनगर महानगरपालिकाबाट आफू होटल क्वारेन्टिनमा बस्ने भनेर सिफारिस लिएर आएकी थिइन्। उनी होटलमा बसे नबसेको एनि हुन नसकेको रंगेली नगरपालिकाका प्रशासकीय अधिकृत टोम प्रसाद सुवेदीले बताए ।

एकैपटक २२ जनामा संक्रमण देखिएपछि नगरपालिकाले रंगेली बजार क्षेत्र अनिश्ति कालसम्मका लागि सिल गरेको छ।

प्रकाशित: Aug 04, 2020| 11:29 मंगलबार, साउन २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।