बुधबार, भदौ १०, २०८३

मोहना नदीमा बेपत्ता दुई जनाको शव भेटियो

कैलाली र कञ्चनपुरको सीमा भएर बहने मोहना नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई किशोरको शव आज भेटिएको छ ।
 |  मंगलबार, साउन २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २०, २०७७

धनगढी- कैलाली र कञ्चनपुरको सीमा भएर बहने मोहना नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई किशोरको शव आज भेटिएको छ ।

धनगढी उपमहानगरपालिका–१३, श्रीलंकास्थित मोहना नदीमा आइतबार पौडी खेल्ने क्रममा बेपत्ता भएका सोही वडाका १५ वर्षीय सन्दीप चौधरी र १२ वर्षीय अरुण चौधरीको शव आज फेला परेको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए।

उनीहरुको शव परीक्षणका लागि अस्पताल पठाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक बिष्टले बताए।

उनीहरु बेपत्ता भएदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी स्थानीहरुले खोजी जारी राखेका थिए।

प्रकाशित: Aug 04, 2020| 11:25 मंगलबार, साउन २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।