बुधबार, भदौ १०, २०८३

ओली-दाहालसहितका नेताहरुबीच आज पनि छलफल हुने

सत्तारुढ दल नेकपाभित्रको विवाद समाधान गर्न आजपनि अध्यक्षद्वय केपीशर्मा ओली र पुष्पकमल दाहालसहितका नेताहरुबीच छलफल हुने भएको छ।
 |  मंगलबार, साउन २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २०, २०७७

काठमाडौं- सत्तारुढ दल नेकपाभित्रको विवाद समाधान गर्न आजपनि अध्यक्षद्वय केपीशर्मा ओली र पुष्पकमल दाहालसहितका नेताहरुबीच छलफल हुने भएको छ।

आइतबारदेखि नेताहरुबीच दिनहुँ छलफल भइरहे पनि कुनै सहमति जुट्न सकेको छैन् । बालुवाटार स्रोतका अनुसार आज बेलुका अध्यक्षद्वय र नेताहरुबीच छलफल हुन लागेको हो।

छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्बाङ पनि सहभागी हुनेछन्। १३ साउन देखि दुईअध्यक्षबीच रोकिएको संवाद आइतबारदेखि शुरु भएको हो। नेताहरु आ–आफ्नै अडानमा कायमै रहेका कारणले अहिलेसम्म सहमति बन्न सकेको छैन।

दाहाल–नेपाल ओलीलाई प्रधानमन्त्री वा अध्यक्षमध्ये कुनै एक पद छाड्न दबाब दिइरहेका छन्। तर, ओली भने कुनैपनि पदबाट राजीनामा नदिने अडानमा छन्।

आइतबार र सोमबार भएको छलफलमा अर्का अध्यक्ष दाहाल र वरिष्ठ नेता झलनाथ खनालले पार्टीभित्रको विवाद स्थायी कमिटी बैठकबाटै समाधान गर्नुपर्ने प्रस्ताव राखेका थिए।

तर, ओलीले भने स्थायी कमिटीको बैठकबाट नभई सचिवालयको बैठकबाट नै समाधान खोज्नुपर्ने बताएका थिए। १० असार देखि शुरू भएको नेकपाको स्थायी कमिटी बैठक पटक-पटक अवरुद्व हुँदै आएकाे छ।

प्रकाशित: Aug 04, 2020| 10:44 मंगलबार, साउन २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।