बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतमा कोरोना संक्रमण र मृत्युदर अमेरिका र ब्राजिलमा भन्दा धेरै

भारतमा कोरोना संक्रमण र मृत्युदर अमेरिका र ब्राजिलमा भन्दा धेरै

भारतमा लगातार दुई दिन अमेरिका र ब्राजिलमा भन्दा धेरै संक्रमित थपिएका छन् । सोमबार एकै दिनमा ५० हजार ६ सय २९ जनामा संक्रमित थपिएका छन् । ८ सय १० जनाको मृत्यु भएको छ ।
 |  मंगलबार, साउन २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २०, २०७७

काठमाडौं- तिब्र रुपमा फैलिएको कोरोना भाइरसबाट भारतमा लगातार दुई दिन अमेरिका र ब्राजिलमा भन्दा धेरै संक्रमित थपिएका छन् । मृत्युदर पनि कोरोनाबाट अति प्रभावित दुई देशको भन्दा धेरै देखिएको छ।

दिनहुँ ५० हजारभन्दा धेरैमा कोरोना पुष्टि हुने गरेको भारतमा सोमबार एकै दिनमा ५० हजार ६ सय २९ जनामा संक्रमित थपिएका छन् । ८ सय १० जनाको मृत्यु भएको छ ।

आइतबार ५२ हजार ७ सय ८३ जना संक्रमित थपिदा ७ सय ५८ जनाको मृत्यु भएको थियो । यी दुबै दिन थपिएका संक्रमित र मृत्युदर अमेरिका र ब्राजिलको भन्दा धेरै हो ।

अमेरिकामा २४ घण्टाको अवधीमा ४८ हजार ६ सय २२ जनामा संक्रमण पुष्टि भएको छ भने ५ सय ६८ जनाको मृत्यु भएको छ । आइतबार अमेरिकामा ४९ हजार ५ सय ६२ जना संक्रमित हुँदा ४ सय ६७ जनाको मृत्यु भएको थियो ।

यस्तै ब्राजिलमा पछिल्लो २४ घण्टामा १७ हजार ९ सय ८८ जना संक्रमित थपिएका छन् भने ५ सय ७२ जनाको मृत्यु भएको छ । आइतबार २४ हजार ८ सय १ संक्रमित हुँदा ५ सय १४ जनाको मृत्यु भएको थियो ।

अमेरिका र ब्राजिल कोरोनाबाट सबैभन्दा बढि आक्रान्त भएका मुलुक हुन् ।

अमेरिकामा अहिलेसम्म ४७ लाख १२ हजार ९ सयभन्दा धेरै संक्रमित भएका छन् भने १ लाख ५५ हजार ३ सय ९८ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा अहिलेसम्म २७ लाख ३३ हजार ६ सय ७७ जनामा संक्रमण पुष्टि हुँदा ९४ हजार १ सय ४ जनाको मृत्यु भएको छ ।

भारतमा भने १८ लाख ३ हजार ६ सयभन्दा धेरै कोरोनाबाट संक्रमित भएका छन् भने ३८ हजार १ सय ३५ जनाको मृत्यु भएको छ ।

प्रकाशित: Aug 04, 2020| 09:04 मंगलबार, साउन २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।