बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • डाक्टर, सेना र पत्रकारसहित वीरगन्जमा थप ३४ जनामा कोरोना पुष्टि

डाक्टर, सेना र पत्रकारसहित वीरगन्जमा थप ३४ जनामा कोरोना पुष्टि

पर्साको वीरगंजमा चिकित्सक, सेना, पत्रकार र थनुवासहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
 |  मंगलबार, साउन २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २०, २०७७

वीरगन्ज- पर्साको वीरगंजमा चिकित्सक, सेना, पत्रकार र थनुवासहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित मध्ये ४ जना महिला र ३० पुरुष रहेका छन् । संक्रमितहरु २ जना बाराका, एक जना सुर्खेतका र ३१ जना पर्साका हुन् ।

सुर्खेत घर भई नेशनल मेडिकल कलेजको क्वाटरमा बसी काम गर्ने २८ वर्षीया महिला डाक्टरमा संक्रमण देखिएको हो।

त्यस्तै, वीरगंज ११ रानीघाट घर भइ नारायणी बयोधा अस्पताल प्रालि गण्डकमा कार्यरत ३४ वर्षीय पुरुष डाक्टरमा पनि संक्रमण देखिएको नारायणी अस्पताल वीरगंजका मेडिकल सुपेरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिए।

त्यसैगरी, नारायणी अस्पताल वीरगंजको फार्मेसीमा कार्यरत ३० र ४३ वर्षका दुई पुरुष, नारायणीकै पारामेडिक्सको कन्ट्याक्ट ट्रेसिङ्मा परेका २१, २७ वर्षका दुई गरी कूल चारजना स्वास्थ्यकर्मी पनि संक्रमत पुष्टि भएको छ ।

यस्तै चण्डीप्रसाद गण वीरगंज घण्टाघरमा कार्यरत एवं शव व्यवस्थापन टोलीमा खटेका २८, ३० र ३२ वर्षका तीन जना नेपाली सेनाका सिपाही पनि संक्रमित भएको डा उपाध्यायले जानकारी दिए ।

वीरगन्ज सञ्जाल अनलाइनका एक जना २२ वर्षीय सञ्चारकर्मी र वडा प्रहरी कार्यालय विर्तामा थुनुवामा रहेका २० वर्षे पुरुष पनि संक्रमण पुष्टि भएको छ ।

प्रकाशित: Aug 04, 2020| 08:00 मंगलबार, साउन २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।