बुधबार, भदौ १०, २०८३

सप्तरीमा आजबाट सात दिन निषेधाज्ञा

सप्तरी जिल्लामा आज (मंगलबार)बाट २६ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।
 |  मंगलबार, साउन २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २०, २०७७

सप्तरी- सप्तरी जिल्लामा आज (मंगलबार)बाट २६ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला सुरक्षा समिति सप्तरीले जिल्लाभरि सात दिनको लागि निषेधाज्ञा आदेश जारी गरेको हो ।

सजगता अपनाउन, चेतनामूलक कार्यहरू सङ्क्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रणको लागि अत्यावश्यक कार्यबाहेक कार्य नगर्न निषेधाज्ञा आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी शङ्करहरी आचार्यले जानकारी दिए।

निषेधाज्ञाको अवधिमा अत्यावाश्यक कामबाहेक घरबाहिर निस्किनेलाई पक्राउ गरि कारबाही गरिने उनले बताए ।

निषेधाज्ञा जारी भएसँगै बाक्लो संख्यामा चोक चोकमा सुरक्षाकर्मी तैनाथ भएका छन् ।

औषधि पसल, खाद्यान्न, फुलफुल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालन सम्बन्धी सेवा र मालसमान ओसारपसार गर्ने तथा निर्माण कार्यमा प्रयोग हुने ढुवानीका यातायात, सरकारी छापाखाना, सञ्चार सेवा, बैङ्किङ सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी भण्डार र वितरण, फोहोरमैला सङ्कलन तथा ढुवानी, विद्युतीय सेवा, कृषिजन्य कार्य तथा कृषि तथा पशुजन्य उत्पादन, ढुवानीमा प्रयोग हुने साधन बाहेक अन्य सेवा बन्द गरिएको छ ।

प्रकाशित: Aug 04, 2020| 07:42 मंगलबार, साउन २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।