विराटनगर– प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले अत्यावश्यक बाहेकका प्रत्यक्ष भेटघाट रोक्ने भएका छन् ।
प्रदेश १ मा उच्च तहका व्यक्तिहरुसँगै समुदाय स्तरमा कोरोना संक्रमण बढेको भन्दै प्रदेश प्रमुख अधिकारीले अत्यावश्यक बाहेकका भेटघाटलाई रोक्ने भएको स्वकिय सचिव प्रतिक ढकालले बताए । उनका अनुसार प्रदेश प्रमुख अधिकारीले सोमबारदेखि भेटघाटको कार्यक्रमलाई घटाएका छन्।
सोमबार मन्त्रीदेखि उच्च तहका अधिकारीहरुसँगको भेटघाट तय भएको थियो । प्रदेश १ का मुख्य न्यायाधिवक्तालाई नै कोरोना संक्रमणको खवरसँगै प्रदेश प्रमुख अधिकारीले भेटघाटका कार्यक्रमलाई रोकेको स्वकीय सचिव ढकालले बताए । उनका अनुसार प्रदेश प्रमुखले अनलाईन मार्फत संवाद गर्नेछन्।