बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जोरबिजोर प्रणाली फेरि लागू हुने, लकडाउनबारे पनि छलफल सुरु

जोरबिजोर प्रणाली फेरि लागू हुने, लकडाउनबारे पनि छलफल सुरु

काठमाडौं- सरकारले केही दिनभित्रै सवारीसाधन सञ्चालनमा जोरबिजोर प्रणाली लागू गर्ने भएको छ ।
 |  मंगलबार, साउन २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २०, २०७७

काठमाडौं- सरकारले केही दिनभित्रै सवारीसाधन सञ्चालनमा जोरबिजोर प्रणाली लागू गर्ने भएको छ ।

काठमाडौं उपत्यकासहित केही जिल्लामा कोरोना संक्रमण तीव्र गतिमा बढ्दै गएपछि निजीसहित सार्वजनिक सवारीमा फेरि जोरबिजोर प्रणाली लागू गर्ने सरकारले तयारी गरेको हो।

त्यसका लागि स्वास्थ्य मन्त्रालयले शुक्रबार नै गृह मन्त्रालयालाई पत्र पठाएको थियो ।

सार्वजनिक सवारीसाधनको सहजतासँगै धेरै मानिस घरबाहिर निस्किएको र संक्रमणको जोखिम झनै बढेको भन्दै स्वास्थ्य मन्त्रालयले जोरबिजोर लगाउन गृहलाई आग्रह गरेको हो।

आज (मंगलबार) सोही विषयमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) सहित स्वास्थ्यका विज्ञसँग प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो अवस्था र कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्दैछन् ।

समितिमा अब अति आवश्यक बाहेकका क्षेत्रलाई बन्द गरेर निजी तथा सार्वजनिक दुवै सवारी साधनलाई जोरबिजोर लागू गराउनुपर्छ भन्ने सन्दर्भमा छलफल अघि बढेको एक सदस्यले जानकारी दिए ।

सिसिएमसीले आज प्रधानमन्त्रीलाई यही विषयमा बिफ्रिङ गर्ने तयारी गरेको छ ।

आजको छलफलमा फेरि लकडाउन गर्ने वा संक्रमणको रोकथामका लागि अन्य विकल्प अपनाउने भन्ने विषयमा पनि छलफल हुने ती सदस्यले बताए ।

प्रकाशित: Aug 04, 2020| 06:48 मंगलबार, साउन २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।