बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश २ मा मुख्यमन्त्रीको कार्यालयका ६ कर्मचारीमा कोरोना संक्रमण

प्रदेश २ मा मुख्यमन्त्रीको कार्यालयका ६ कर्मचारीमा कोरोना संक्रमण

प्रदेश नं २ को मुख्यमन्त्री कार्यालयका छ कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
 |  मंगलबार, साउन २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २०, २०७७

प्रदेश नं २ को मुख्यमन्त्री कार्यालयका छ कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

मुख्यमन्त्री कार्यालयका छ कर्मचारीसहित धनुषाका ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । प्रादेशिक अस्पताल जनकपुरमा गरिएको परीक्षणका क्रममा मुख्यमन्त्री कार्यालयका एक अधिकृत, एक ट्राफिक प्रहरी, दुई सवारी चालक र दुईजना कार्यालयकै अन्य कर्मचारी गरी छ जनासहित ३० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए।

दुई दिनअघि गरिएको स्वाब सङ्कलनको नतिजा आइतबार राति आएको हो। सङ्क्रमितहरुको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङको आधार पत्ता लगाउने काम भइरहेको प्रजिअ भट्टराईको भनाइ छ । त्यस्तै प्रादेशिक अस्पताल जनकपुरका १४ जना कर्मचारीमा समेत कोरोना सङ्क्रमण भएको जनाइएको छ ।

प्रदेश २ मा सोमबार १०३ जना सङ्क्रमित थपिएका छन् । पर्सामा ३८, धनुषा र महोत्तरीमा ३०÷३०, बारामा तीन, सिरहा र सर्लाही एक÷एक गरी प्रदेशभरि १०३ जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यससँगै प्रदेश २ मा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार नौ पुगेको छ ।

प्रकाशित: Aug 04, 2020| 06:46 मंगलबार, साउन २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।