बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्ट नियुक्त

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्ट नियुक्त

सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील भट्टलाई नियुक्त गरेको छ।
 |  सोमबार, साउन १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन १९, २०७७

काठमाडौं– सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील भट्टलाई नियुक्त गरेको छ।

बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषदको बैठकले भट्टलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

१२ साउनमा बसेको बैठकमै सीईओ नियुक्त गर्ने प्रस्ताव लगिए पनि आज निर्णय भएको हो।

अर्थमन्त्री डा. युवराज खतिवडा नेतृत्वको सिफारिस समितिले भट्टका साथै रामकृष्ण खतिवडा र डा. सरोज कोइरालाको नाम मन्त्रिपरिषदमा पठाएको थियो।

योजना आयोगका सदस्य रहेका भट्ट चार वर्षे कार्यकालको लागि सीईओ नियुक्त भएका हुन्।

लगानी बोर्डका तत्कालीन सीईओ महाप्रसाद अधिकारी राष्ट्र बैंकको गभर्नर बनेपछि रिक्त रहेको पदमा भट्टलाई सरकारले नियुक्त गर्ने निर्णय गरेको हो।

प्रकाशित: Aug 03, 2020| 19:04 सोमबार, साउन १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।