अछाम- खोलाले बगाएर अछाममा एक बालिका वेपत्ता भएकी छन्।
जिल्लाको मेल्लेख गाँउपालिका-१ लिफ्रुका कपुरे बुढाकी ८ वर्षीया छोरी मानिषा कुमारी बुढा बेपत्ता भएकी हुन्।
प्रहरीका अनुसार लिफ्रु खोला रहेको घट्टमा गएको बेला खोला तर्ने क्रममा बगेर बालिका बेपत्ता भएकी जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरिक्षक रमेशदत्त अवस्थीले जानकारी दिए।
सोमबार दिउसो ४ बजेतिर खोला तर्ने क्रममा बेपत्ता भएकी प्रहरीले जनाएको छ।
बेपत्ता बालिकाको स्थानीय र ईलाका प्रहरी कार्यालय बगुडाठाटीको टोलीले खोजी गरिरहेको प्रहरीले जनाएको छ।