बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बाँके राष्ट्रिय निकुञ्जका दुई अधिकृत स्रोत नखुलेको रकमसहित पक्राउ

बाँके राष्ट्रिय निकुञ्जका दुई अधिकृत स्रोत नखुलेको रकमसहित पक्राउ

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत विष्णु रोकायलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ।
 |  सोमबार, साउन १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन १९, २०७७

काठमाडौं- बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत विष्णु रोकायलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ।

दुबै जनालाई स्रोत नखुलेको ८ लाख ९८ हजार रुपैयाँसहित अख्तियारले सोमबार पक्राउ गरेको हो।

उनीहरुले स्रोत नखुलेको रकम लिई कार्यालयको बा.२ झ. १८७३ नम्बरको गाडीमा यात्रा गरिरहेको सूचनाको आधारमा आयोगको कार्यालय बुटवलबाट गएको टोलीले नियन्त्रणमा लिएको हो।

उनीहरुलाई रुपन्देहीको सैनामैना नगरपालिका-१० बाट नियन्त्रणमा लिएको आयोगले जनाएको छ।

उक्त रकममध्ये ३ लाख ४८ हजार नगद र बाँकी ५ लाख ५० हजारको बैंकको भौचर रहेको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए।
उनीहरुबारे थप अनुसन्धान भैरहेको अधिकारीले बताए।

प्रकाशित: Aug 03, 2020| 18:00 सोमबार, साउन १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।