बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बालकोट पुगेर ओलीले बास्कोटा र बस्नेतलाई भने– छलफल जारी छ, विवाद टुंगो लाग्छ

बालकोट पुगेर ओलीले बास्कोटा र बस्नेतलाई भने– छलफल जारी छ, विवाद टुंगो लाग्छ

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र देखिएको विवाद समाधानका लागि छलफल चलिरहेको र विवाद टुंगोमा लाग्ने बताएका छन्।
 |  सोमबार, साउन १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन १९, २०७७

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र देखिएको विवाद समाधानका लागि छलफल चलिरहेको र विवाद टुंगोमा लाग्ने बताएका छन्।

आफ्नो निजी निवास बालकोट पुगेर आफ्ना विश्वासपात्र सांसदहरु महेश बस्नेत र गोकुल बास्कोटासँगको भेटमा उनले यस्तो बताएका हुन्।

आज बिहान बालुवाटारमा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको छलफल सकेर ओली आफ्नो निजी निवास बालकोट पुगेका थिए। पूर्वमन्त्री एवम् सांसद गोकुल बास्कोटाले प्रधानमन्त्रीले पार्टीभित्र देखिएको पछिल्लो विवादका बारेमा छलफल गरेको जानकारी दिए।

‘छलफल चलिरहेको छ, विवाद टुंगो लाग्छ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उनले भने। प्रधानमन्त्रीले छलफलका क्रममा ठट्टा पनि गरेको उनले सुनाए। प्रधानमन्त्रीले विवाद समाधानका लागि भोलि पनि छलफल हुन लागेको बास्कोटा र बस्नेतलाई जानकारी गराएका थिए।

बालुवाटार फर्कने क्रममा बास्कोटाले प्रधानमन्त्रीलाई कहिले आउने भनेर सोधेका थिए। त्यसको जवाफमा ओलीले अढाइ वर्षपछि मात्रै अब बालकोट फर्किने जवाफ दिएका थिए। प्रधानमन्त्री करिब डेढ घन्टा आफ्नो निवासमा बसेका थिए।

ओलीले बालकोटमै जिल्लाका सुरक्षा निकायका प्रमुखहरुसँग कोभिड–१९ को रोकथाम, विकास निर्माणका काम लगायतका बारेमा पनि छलफल गरेका थिए।

प्रधानमन्त्री ओली दोस्रो पटक मृगौला प्रत्यारोपण गरेपछि सोमबार पहिलो पटक बालकोट पुगेका हुन्। पत्नी राधिका शाक्यसहित बालकोट पुगेका प्रधानमन्त्रीलाई बास्कोटा, बस्नेत लगायतले स्वागत गरेका थिए।

 

प्रकाशित: Aug 03, 2020| 18:00 सोमबार, साउन १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।