बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पोल्याण्ड पठाइदिन्छु भनेर १७ लाख ठगी गर्ने महिला पक्राउ

पोल्याण्ड पठाइदिन्छु भनेर १७ लाख ठगी गर्ने महिला पक्राउ

पोल्याण्ड पठाइदिन्छु भन्दै १७ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
 |  सोमबार, साउन १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन १९, २०७७

काठमाडौं- पोल्याण्ड पठाइदिन्छु भन्दै १७ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा चितवन गर्दीकी ४० वर्षीया कमला कुमारी थापा छन्।

उनलाई चितवनबाट महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको प्रहरी जनाएको छ।

लक्ष्मी देवकोटासमेतले पोल्याण्ड पठाइदिन्छु भन्दै कमलाले १७ लाख रुपैयाँ ठगी गरेर फरार रहेको गत मंसिरमा महाशाखामा उजुरी दिएका थिए।

कमलालाई आवश्यक अनुसन्धान र कारबाहीको लागि महानगरीय प्रहरी परिसरको जिम्मा लगाइएको महाशाखाले जनाएको छ।

प्रकाशित: Aug 03, 2020| 17:54 सोमबार, साउन १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।