सोमबार, फागुन १८, २०८२

आर्केस्ट्रा देखाउँदा भएको झडपमा एक जनाको मृत्यु

आर्केस्ट्रामा नृत्य प्रस्तुत गर्ने क्रममा स्थानीयबीच झडप हुँदा महोत्तरीको सोनामा गाउँपालिकामा एकजनाको ज्यान गएको छ।
 |  आइतबार, असोज ३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३, २०७८

महोत्तरी– आर्केस्ट्रामा नृत्य प्रस्तुत गर्ने क्रममा स्थानीयबीच झडप हुँदा महोत्तरीको सोनामा गाउँपालिकामा एकजनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा वडा नम्बर २ का रामप्रसाद यादव रहेको पालिकाका अध्यक्ष रामकुमार यादवले जानकारी दिए।

अध्यक्ष यादवका अनुसार आर्केस्ट्रा नृत्य वडा नम्बर ७ स्थित मुसहर बस्तीमा भएको थियो। मुसहर समुदायका युवा र मृतक रामप्रसादका पक्षमा राति नै झगडा भएको र पुनः बिहान झगडा हुँदा यादवको ज्यान गएको हो।

झडपमा मृतक यादवका दुई छोरा गम्भीर घाइते भएका छन्। उनीहरूको  स्थानीय अस्पतालमा उपचार भइरहेको गाउँपालिकाले जनाएको छ।

बर्षेनि विश्वकर्मा पूजाको अवसरमा आर्केस्ट्रा नृत्यकै कारण दुर्घटना निम्तिरहेको गुनासो बढ्दै आएको छ। जिल्ला प्रशासन कार्यालय महोत्तरीले समेत आर्केस्ट्रा नृत्य रोक्ने भन्दै सजगता अपनाएको थियो।

नृत्यकै लागि भारतबाट आएका तीन दर्जन  कलाकारलाई प्रहरीले बाटैबाट फर्काएको थियो। स्थानीयले भने प्रशासनको निर्देशनलाई अवज्ञा गर्दै उक्त अश्लील नृत्यलाई जारी नै राखेको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ।

kumari

घटनाको संलग्न भएको आसङकामा स्थानीय दुईजना युवालाई प्रहरिले नियन्त्रणमा लिएको छ। दुवैजनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए।

प्रकाशित: Sep 19, 2021| 16:23 आइतबार, असोज ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।