बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अमेरिकामा कम्पनी दर्ता गरिदिने भन्दै ठगी गर्ने अमेरिकी नागरिक पक्राउ

अमेरिकामा कम्पनी दर्ता गरिदिने भन्दै ठगी गर्ने अमेरिकी नागरिक पक्राउ

काठमाडौं– अमेरिकामा कम्पनी दर्ता गरिदिने भन्दै ठगी गर्ने एक अमेरिकी नागरिकलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ।
 |  सोमबार, साउन १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन १९, २०७७

काठमाडौं– अमेरिकामा कम्पनी दर्ता गरिदिने भन्दै ठगी गर्ने एक अमेरिकी नागरिकलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने टुकनारायण श्रेष्ठलाई कम्पनी अमेरिकामा दर्ता गरेर साझेदारी बनाउँछु भन्दै दश लाख रकम ठगी गरेको आरोपमा डानियल लि मेसजीलाई पक्राउ गरेको हो।

ती नागरिकले श्रेष्ठको एटलस सेक्युरिटी प्रालिलाई अमेरिकामा दर्ता गरिदिन भन्दै रकम ठगी गरेका थिए। त्यस्तै सुजन थापा र सन्दीप कार्कीलाईसमेत व्यापारिक भिषामा अमेरिका लैजाने भन्दै प्रतिव्यक्ति ५ लाखका दरले रकम ठग्ने प्रयास गरिरहेका थिए।

ती दुई युवकबाट पनि रकम ठग्ने प्रयास गरिरहेको समयमा विशेष सूचनाको आधारमा महाशाखाबाट खटिएको टोलीले काठमाडौंको क्षेत्रपाटीबाट पक्राउ गरेको हो।

महाशाखाले ती व्यक्तिबाट अन्य पनि ठगिएको हुन सक्ने भन्दै सम्पर्क गर्न भनेको छ। ६५ वर्षीय ती व्यक्ति पर्यटक भिषामा नेपाल आएर बस्दै गरेको खुलेको छ।

 

प्रकाशित: Aug 03, 2020| 17:29 सोमबार, साउन १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।