काठमाडौं– गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना भाइरस संक्रमण भएको छ। पछिल्लोपटक संक्रमण हुनेमा कास्कीका एक, स्याङ्जाका तीन, लम्जुङ र पर्वतका एकएक जना छन्।
योसहित गण्डकीमा जम्मा संक्रमितको संख्या एक हजार ३३५ पुगेको छ।
सोमबारसम्म कोरोना संक्रमणबाट एक हजार ३४८ जना मुक्त भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक विनोदविन्दु शर्माले बताए।