बुधबार, भदौ १०, २०८३

कर्णालीमा ६ जना कोरोना संक्रमित थपिए

कर्णाली प्रदेशमा सोमबार ६ थप जनामा कोरोना संक्रमण भएको छ।
 |  सोमबार, साउन १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन १९, २०७७

सुर्खेत– कर्णाली प्रदेशमा सोमबार ६ थप जनामा कोरोना संक्रमण भएको छ। प्रदेश अस्पताल/पशुपन्छी रोग अन्नेषण प्रयोगशालामा परीक्षण गर्दा सुर्खेतको भेरीगंगा नगरपालिका–४ र वडा नं. ८ का एकएक जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

दैलेख अस्पतालमा पीसीआर प्रयोगशालामा परीक्षण गर्दा नारायण नगरपालिका वडा नंं. १ र २ का एकएक जनामा पनि संक्रमण पुष्टि भएको छ।

रुकुमपश्चिमको चौरजहारी नगरपालिकाको पीसीआर प्रयोगशालामा परीक्षण गर्दा मुसिकोट नगरपालिका वडा नं. १ र वडा न. ६ का एकएक जनामा पनि संक्रमण पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

योसँगै कर्णालीमा कुल कोरोना संक्रमितको संख्या एक हजार नौ सय ४५ जना पुगेको छ। त्यस्तै आज विभिन्न जिल्लाका आइसोलेसन सेन्टरबाट ६ जना डिस्चार्ज भएका छन्।

कर्णालीमा डिस्चार्ज हुनेको संख्या एक हजार सात सय २८ जना पुगेको मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले जानकारी दिए।

प्रकाशित: Aug 03, 2020| 16:57 सोमबार, साउन १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।