काठमाडौं उपत्यकामा आज सोमबार कोरोना भाइरसका ५१ जना संक्रमित थपिएका छन्। उ
उपत्यकाका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा काठमाडौंका ४३ जना, भक्तपुरका ५ जना र ललितपुरका ३ जनामा संक्रमण पुष्टि भएको हो।
हिजो उपत्यकामा ३१ जना संक्रमित थपिएका थिए। त्यसैगरी शनिबार काठमाडौं उपत्यकामा ६ जना संक्रमित थपिएका थिए।
नेपालमा हालसम्म कोरोना भाइरस संक्रमण भएका मध्ये हाल २६.७ प्रतिशत सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
देशभर कुल २० हजार ७५० जनामा संक्रमण भएकोमा अहिले ५ हजार ७३२ जना सक्रिय संक्रमित छन्।
प्रदेश १ मा २९० जना, २ मा २३५७, बागमतीमा ६५१, गण्डकीमा २७२, प्रदेश ५ मा ३१५, कर्णालीमा २९८ र सुदूरपश्चिममा १५४९ जना सक्रिय संक्रमित छन्।