बुधबार, भदौ १०, २०८३

सेतीमा बेपत्ता दुवै स्वास्थ्यकर्मीको शव फेला

धनगढी– सेती नदीमा नुहाउने क्रममा शनिबार दिउँसो बेपत्ता भएका डडेल्धुरा अस्पतालमा कार्यरत दुवैजना स्वास्थ्यकर्मीको शव फेला परेको छ ।
 |  सोमबार, साउन १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन १९, २०७७

धनगढी– सेती नदीमा नुहाउने क्रममा शनिबार दिउँसो बेपत्ता भएका डडेल्धुरा अस्पतालमा कार्यरत दुवैजना स्वास्थ्यकर्मीको शव फेला परेको छ ।

सेती नदीमा नुहाउने क्रममा बगेर बेपत्ता बझाङ स्थायी घर भएका हेल्थ असिस्टेन्ट विनय सिंहको शव आज फेला परेको हो । सिंहको शव बेपत्ता भएको स्थानबाट करिब एक किलोमिटर तल भेटिएको हो ।

डोटीको शिखर नगरपालिकाको बान्डुंग्रीसैनको सेती किनारमा स्थानीयले शव फेला पारेको डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनकराज पाण्डेले बताए ।

केहीबेर अघि शव भेटिएको खबर आएको छ प्रहरी उपरीक्षक जनकराज पाण्डेले भने–अहिले प्रहरी टोली त्यहाँ पुगेको छ तर सो शव बेपत्ता भएका सिँहकै हो भन्ने पहिचान हुन बाँकी छ । तर, डडेल्धुरा अस्पतालका कर्मचारीहरुले भने भेटिएको शव सिंहकै भनेर पुष्टि गरेका छन् ।

हिजो डडेल्धुराको परशुराम नगरपालिका घर भएका ल्याब असिस्टेन्ट हरिश जोशीको शव डोटीको केआईसिंह गाउँपालिकाको नारीदाङमा फेला परेको थियो । उनको शव घटनास्थल भन्दा निकै टाढा फेला परेको थियो ।

शनिबार डडेल्धुरा अस्पतालमा कार्यरत चार जना डोटीस्थित शैलश्वरी मन्दिर दर्शनका लागि गएका थिए । दर्शन गरेर फर्कदा नुहाउने क्रममा उनीहरु मध्ये तीनजनालाई नदीले बगाएको थियो ।

बगेका मध्ये खगेन्द्र कुँवरलाई स्थानीयले उद्धार गरी बचाएका थिए भने हरिश जोशी र बझाङ स्थायी घर भएका हेल्थ असिस्टेन्ट विनय सिंह बेपत्ता भएका थिए ।

प्रकाशित: Aug 03, 2020| 16:20 सोमबार, साउन १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।