बुधबार, भदौ १०, २०८३

राष्ट्रियसभाका समिति सभापतिहरुको चुनाव २३ गते हुने

संघीय संसदअन्तर्गत राष्ट्रिसभाका विषयगत समितिका सभापतिहरुको चुनाव यही साउन २३ गते हुने भएको छ।
 |  सोमबार, साउन १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन १९, २०७७

काठमाडौं- संघीय संसदअन्तर्गत राष्ट्रिसभाका विषयगत समितिका सभापतिहरुको चुनाव यही साउन २३ गते हुने भएको छ।

चुनावका लागि २२ गते बिहीबार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारको प्रस्ताव दर्ता गर्ने तालिका तय गरिएको छ।

त्यस्तै २२ गते नै दिउँसो साढे ४ बजे निर्धारित समयभित्र दर्ता भएका प्रस्तावको सूची प्रकाशन गर्ने कार्यक्रम तोकिएको छ।

२३ गते दिउँसो १ बजेदेखि सम्बन्धित समितिको बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने, समर्थकले समर्थन गर्ने र उक्त प्रस्तावहरु निर्णयार्थ प्रस्तुत गर्ने तालिका रहेको राष्ट्रिसभाका सचिव राजेन्द्र फुयालले जनाएका छन्।

प्रकाशित: Aug 03, 2020| 16:15 सोमबार, साउन १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।