बुधबार, भदौ १०, २०८३

मेलम्ची पहिरोमा मृत्यु हुने आठैजना वीरगन्जका

सिन्धुपाल्चोकको मेलम्चीमा आइतबार राति पहिरोमा परी निधन भएका आठै जना वीरगन्जका रहेको प्रहरीले जनाएको छ।
 |  सोमबार, साउन १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन १९, २०७७

काठमाडौं– सिन्धुपाल्चोकको मेलम्चीमा आइतबार राति पहिरोमा परी निधन भएका आठै जना वीरगन्जका रहेको प्रहरीले जनाएको छ।

मेलम्ची बजारनजिकैको पहिरोले घर थिच्दा राति सुतिरहेका नौ जना पुरिएका थिए। एक जनाको भने घाइते अवस्थामा जीवितै उद्धार गरिएको छ। उद्धार गरिएकामा वीरगन्जका ४५ वर्षीय बारु शाह छन्।

मृत्यु हुनेमा ४२ वर्षीय राजेन्द्र चौरासिया, ३५ वर्षीय प्रदीप चौरसिया, २१ वर्षीय राजेश चौधरी, २५ वर्षीय विक्रम थिङ रहेका छन्।

यस्तै पहिरोमा पुरिएर २३ वर्षीय मानबहादुर रुम्बा, २० वर्षीय सिमन घलान, २१ वर्षीय शिवबालक धामी र १७ वर्षीय सोनम लामा रहेका छन्। उनीहरू मेलम्चीमा निर्माण भइरहेका कभर्ड हलका मजदुर हुन्।

प्रकाशित: Aug 03, 2020| 16:16 सोमबार, साउन १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।