विराटनगर- मोरङमा सोमबार ४६ जना नयाँ कोरना संक्रमित थपिएका छन्।
थपिएका ४६ जना संक्रमितमध्ये २२-२२ जना विराटनगर महानगरपालिका र रंगेली नगरपालिकाका छन्। त्यस्तै २ जना कटहरी गाउपालिकाका छन्।
विराटनगर महानगरपालिकामा ट्राभल हिस्ट्री नभेटिएका संक्रमित थपिने क्रम बढेको छ।
समुदायमा संक्रमण फैलिएपछि लकडाउन घोषणा भए पनि कोरोना संक्रमणले विकराल रुप धारण गर्न थालिसकेको छ।