बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मन्त्रिपरिषद्को नियमित बैठक बस्दै, काे बन्ला लगानी बोर्डकाे सीईओ ?

मन्त्रिपरिषद्को नियमित बैठक बस्दै, काे बन्ला लगानी बोर्डकाे सीईओ ?

मन्त्रिपरिषद् बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने बताइएको छ।
 |  सोमबार, साउन १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन १९, २०७७

काठमाडौं– मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दै छ। साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए। उनले मन्त्रिपरिषद्को बैठक नियमित भएको बताए।

मन्त्रिपरिषद् बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने बताइएको छ। यसअघिकै बैठकमा प्रस्ताव लगिए पनि नियुक्ति गरिएको थिएन्।

अर्थमन्त्री डा. युवराज खतिवडाको नेतृत्वको सिफारिस समितिले रामकृष्ण खतिवडा, सुशील भट्ट र डा. सरोज कोइरालाको नाम मन्त्रिपरिषद्मा पठाएको छ। यी तीनमध्ये एकजनालाई ४ वर्षे कार्यकालका लागि सीईओ नियुक्त गरिनेछ।

प्रकाशित: Aug 03, 2020| 15:46 सोमबार, साउन १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।