विराटनगर– प्रदेश १ मा सोमबार ५७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४६, झापामा ६ र सुनसरीमा ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा १६ पुरुष, ६ महिला, रंगेलीमा १३ पुरुष, ९ महिला, कटहरीमा २ महिला, झापाको अर्जुनधारामा ५ पुरुष , विर्तामोडमा १ महिला, सुनसरीको इटहरीमा ३, धरान र इनरुवामा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले बताए ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार १ सय २८ पुगेको छ ।
प्रदेश १ बाट सोमबार ८ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ३ महिला र ५ पुरुष डिस्चार्ज भएका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ८ सय २९ पुगेको छ ।
प्रदेश १ मा सोमबार ९ सय ५१ जनाको पीसीआर परीक्षण गरिएको छ । पीसीआर परीक्षण गरिएका मध्ये १८ महिला ३९ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयका प्रवक्ता डा. मेहताले बताए।
प्रदेश १ मा हालसम्म ४५ हजार ७ सय ७१ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङका संक्रमित बढी
प्रदेश १ मा सवैभन्दा बढी कोरोना संक्रमण मोरङमा देखिएको छ । सोमबारसम्म जिल्लामा संक्रमितको संख्या ३ सय ७२ पुगेको छ ।
झापामा ३ सय ७० संक्रमित भएका छन् । सुनसरीमा १ सय ४५, उदयपुरमा ९०, इलाममा ५६, ओखलढुङ्गामा १७, धनकुटामा १६, खोटाङमा १२, ताप्लेजुङमा ११, तेह्रथुममा ८, पाँचथर र सोलुखुम्वुमा ७–७, भोजपुरमा ६, संखुवासभामा ५ र प्रदेश १ बाहेकका जिल्लाका ६ जना संक्रमित भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।