बुधबार, भदौ १०, २०८३

मलेसियामा सेक्युरिटी गार्डलाई पिट्ने पनि नेपाली

मलेसियामा सेक्युरिटी गार्ड कुटपिटमा संलग्न दुवै जना नेपाली नागरिक भएको खुलेको छ।
 |  सोमबार, साउन १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन १९, २०७७

काठमाडौं– मलेसियामा सेक्युरिटी गार्ड कुटपिटमा संलग्न दुवै जना नेपाली नागरिक भएको खुलेको छ।

मलेसियास्थित नेपाली राजदूतावासका अनुसार पीडित ईस्लाम हुसेन नवलपरासीका र पीडक राम गोपाल मुराउ कपिलवस्तुका स्थायी बासिन्दा हुन्।

मलेसियाको अध्यागमन कानुनअनुसार दुवैजना मलेसियामा अवैधानिक रुपमा बसोबास गरिरहेको पाइएको छ।

राजदूतावासका अनुसार क्वालालम्पूरको एम थ्री मलमा ७ जुलाई २०२० को बिहान करिब १० बजेतिर कुटपिट भएको भिडियो कैद भएको थियो।

घटनाका पीडित सेक्युरिटी गार्ड र पीडक सुपरभाइजरको रुपमा कार्यरत छन्।

राजदूतावासको सम्पर्कमा आएका दुवै जनाले भिडियोमा देखिने पात्र आफुहरु भएको स्वीकार गरेका छन्।

घटनाबारे थप अनुसन्धान क्वालालम्पूरको वाङ्सामाजुस्थित प्रहरी स्टेशनले गर्ने जनाइएको छ।

कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा आएपछि मलेसियन राजदूतावासले खोजी सुरु गरेको थियो।

प्रकाशित: Aug 03, 2020| 15:16 सोमबार, साउन १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।